धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसल जले

शनिबार, मंसिर २, २०८०
Neuro hospital Nepalgunj

कैलाली  । कैलालीको मुख्य बजार धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेका छन् । गए राति १ बजे धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा  विद्युत सर्ट भएर आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको हुँदा धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकल ,  सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

आगो नियन्त्रणका लागि नेपाली सेना , नेपाल प्रहरी  र सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको थियो । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ। आगलागीको थप विवरण अझै आइनसकेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्