सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट २०२३ को फाइनल खेल आइतबार (भोलि ) हुँदैछ।विश्वकपको फाइनलमा सबैभन्दा बढी पटक विश्वकप जितेको अष्ट्रेलिया र भारतबीच फाइनल हुन लागेको हो।
जारी विश्वकपमा भारत एक मात्र अपराजित राष्ट्र हो भने पछिल्लो समय अष्ट्रेलिया खेल सुध्रादै फर्ममा आएर फाइनल यात्रा तय गरेको हो। भोलिको फाइनल अहमदावादमा हुँदैछ ।
अष्ट्रेलियाले सबैभन्दा बढी ५ पटक र भारतले २ पटक विश्वकप जितेका छन् । जसमा अष्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ र भारत सन् १९८३ र २०११ को विश्वकप विजेता हुन् ।
भोलि दिउँसो २:१५ बजे हुने विश्वकप फाइनल अष्ट्रेलिया अथवा भारत मध्ये कुजै एक टोलीले जित्ने पक्कै हो। फाइनल जित्ने राष्ट्रले ४० लाख अमेरिकी डलर ( ५३ करोड ३० लाख नेपाली रुपैयाँ ) र ट्रफी पुरस्कार पाउने छ ।
यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ भने उपविजेता राष्ट्रले २० लाख डलर (२६ करोड ६५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाउने छ ।
त्यस्तै सेमिफाइनल पुगेका दक्षिण अफ्रिका र न्यूजिल्याण्डले ८-८ लाख डलर (१० करोड ६६ लाख रुपैयाँ) नगद पाउने छन् । विश्वकपको समूह चरणबाटै बाहिरिएका राष्ट्रहरुले १- लाख डलर (१ करोड ३३ लाख नेपाली रुपैयाँ ) पाउने छन् ।
हालसम्मका विश्वकपमा अष्ट्रेलिया र भारत १३ पटक भिडेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ। सेमिफाइनलमा अष्ट्रेलियाले साउथ अफ्रिका र भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।