संसद भवन एकले अर्कोलाई गाली गर्ने थलो बन्यो: चन्द्र भण्डारी

शुक्रबार, मंसिर १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सङ्घीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले  टिप्पणी गरेका छन् । 

आजबाट रुपन्देहीको एक समारोहमा बोल्दै उनले सङ्घीय संसद गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे । 

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिए । 

वरिपरि जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए ।

सांसद भण्डारीले स्थानीय तह राम्रो भए पनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्‍याए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्