टिकटक प्रतिबन्धविरुद्धको रिटको सोमबारबाट सुनुवाइ

शुक्रबार, मंसिर १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सरकारले लगाएको टिकटकमाथिको  प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौँ रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेसी तोकिएको अदालतले जनाएको छ ।

शनिबार सार्वजनिक बिदा तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेसी तोकिएको हो ।

सरकारको निर्णय गैरकानूनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्