सिन्धुली कारागारमा एक थुनुवाको मृत्यु

बिहीबार, कात्तिक ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एक जना थुनुवाको सिन्धुली कारागारमा  मृत्यु भएको छ । सिन्धुली कारागारमा रहेका  दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गए राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको सिन्धुली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए । घटना बारे थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्