न्यूजिल्याण्डलाई हराउँदै क्रिकेट विश्वकपको फाइनलमा भारत

बुधबार, कात्तिक २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । भारत एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुम्बईको वाङ्खेडे मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डमाथि ७० रनको जित हासिल गर्दै भारत फाइनलमा पुगेको हो ।

भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि सन् १९८३ र २०११ मा उपाधि जितेको थियो भने सन् २००३ मा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । यो जितसँगै भारतले सन् २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भोगेको हारको पनि बदला लिएको छ । 

३९८ रनको चुनौती लिएर मैदानमा उत्रिएको न्यूजिल्याण्डले ४८.५ ओभरमा अलआउट हुँदै ३२७ रन बनायो । 

न्यूजिल्याण्डका लागि ड्यारेल मिचेलले ११९ बलमा १३४ रन बनाए । त्यस्तै मिचेलसँग तेस्रो विकेटका लागि १८१ रनको साझेदारी गर्ने क्रममा कप्तान केन विलियमसनले ७३ बलमा ६९ र बनाए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  २३:३९
प्रतिक्रिया दिनुहोस्