भयानक बस दुर्घटनामा ३६ जनाको मृत्यु, १९ घाइते

बुधबार, कात्तिक २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । ५५ जना यात्रु बोकेर गन्तव्यतर्फ गएको भयानक बस दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ। भारतको जम्मू–कश्मीरमा बस दुर्घटना दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । 

आज डोडा जिल्लाको अस्सार क्षेत्रमा एक बस ३०० फिट तल खसेर दुर्घटना भएको हो । घाइतेमध्ये ६ जना गम्भीर छन् । 

बस किश्तवान्डदेखि जम्मू जाँदैथियो । के कति कारणले दुर्घटना भएको भन्ने बारेमा एकिन हुन नसकेको त्यहाको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्