विश्वकप क्रिकेट सेमिफाइनल : न्यूजिल्याण्ड र भारत भिड्दै

बुधबार, कात्तिक २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । भारतमा जारी विश्वकप  क्रिकेट अन्तर्गत आज पहिलो सेमिफाइनल खेल  हुँदैछ।

शीर्ष स्थानमा रहेर लिग चरण सकाएको भारत र चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेको  न्यूजिल्याण्ड आपसमा भिड्दै छन् । खेल वाङ्खेडेको मैदानमा दिउँसो २ः१५ बजेदेखि शुरु हुनेछ । 

अहिले तालिकाको शीर्ष स्थानमा रहेको भारत र साविक उपविजेता न्यूजिल्याण्ड भिड्न लागेका हुन् । भारत दुई पटकको विश्वकप विजेता हो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन। 

भारत घरेलु मैदानमा खेलिरहेको छ भने न्यूजिल्याण्डमाथि कम्तीमा फाइनलमा पुग्ने दबाब छ । भारतले सन् २०११ पछि विश्वकप जित्न सकेको छैन भने न्यूजिल्याण्डका खेलाडीहरु आक्रामक छन् । 

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्