भूकम्पका ४८ घाइते डिस्चार्ज भएपछि भेरीको डिजास्टर वार्ड खाली

मंगलबार, कात्तिक २८, २०८०

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको 'डिजास्टर वार्ड' खाली भएको छ । भूकम्पका घाइते डिस्चार्ज भएपछि 'डिजास्टर वार्ड' खाली भएको हो । बिरामी नभएपनि यो वार्डलाई तयारी अवस्थामा राखिएको छ ।

भेरी अस्पतालमा रहेका ६ जना भूकम्पका घाइतेलाई अर्थोपेडिक वार्डमा राखिएको छ । अस्पतालमा जाजरकोट र पश्चिम रुकुमका ५८ जना भूकम्पका घाइतेलाई ल्याइएको थियो । त्यसमा एक जनाको मृत्यु भएको थियो । ३ जनालाई काठमाडौ रिफर गरिएको थियो भने ४८ जना डिस्चार्ज भएर घर गएका छन् ।

जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले डिस्चार्ज भएका भूकम्प प्रभावितलाई खाद्यन्नसहित गाडीको व्यवस्था गरेर पठाइएको बताए । कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि भेरी अस्पताललाई घाइतेको उपचारका लागि 'डेडिकेटेड अस्पताल' तोकिएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्