फ्रान्समा मृत्यु भएका निरौलाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

सोमबार, कात्तिक २७, २०८०
Neuro hospital Nepalgunj

बेल्जियम । फ्रान्समा उच्च शिक्षा अध्ययनरत तेह्थुम, म्याङ्लुग ४, पिप्लेका प्रतिक निरौलाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 

निरौलाको गत सेप्टेम्वर ३ मा फ्रान्सको एन्जेर्समा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । आर्थिक रुपले विपन्न उनका पिता कमलराज निरौला र माता टिका निरौलाले आफुहरुले एक मात्र छोरा गुमाएपछि उनको शव नेपाल ल्याउन र छोरालाई उच्च शिक्षा अध्ययन गराउन केहि आर्थिक भार समेत रहेको र आफुहरु आर्थिक रुपले विपन्न भएकोले सहयोगका लागि याचना गरेका थिए । 

उनको याचना पश्चात फ्रान्सवाट प्रेमबहादुर बम र बेल्जियमबाट गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष एवम् समाजसेबी लोकेन्द्र नेपाल (पुष्प) ले आर्थिक सहयोगका लागि नेपाली समुदायलाई आग्रह गरे पश्चात फ्रान्सबाट बमको र बेल्जियमबाट नेपाल र व्यवसायी यामु निरौलाको व्यक्तिगत पहलमा १२ हजार ९५३ युरो उठाईएको थियो । यसमध्ये ४ हजार ६६२ युरो बेल्जियमका दाताहरुले सहयोग गरेका थिए।

उक्त रकम मध्ये शव नेपाल पुर्याउन ५ हजार ३६० युरो खर्च भएको नेपालले बताए । उपाध्यक्ष नेपालले ७ हजार ५५३ युरो उनको परिवारलाई हस्तान्तरण गरेका छन । 

उपाध्यक्ष नेपालले निरौलाको शव नेपालसम्म पुर्याउन सहयोग गर्नु हुने नेपाली दुतावास, गैरआवासीय नेपाली संघ फ्रान्स र बेल्जियम लगायत सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।
शबलाई नेपाल पठाउन फ्रान्समा बस्दै आएका बमले मुख्य भूमिका निर्वाह गरेका थिए । 
   

   

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्