नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सोमबार, कात्तिक २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालमा टिकटक बन्द हुने भएको छ ।

सरकारले आज बसेको मन्त्रिपरिषद बैठकबाट टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । संभवत आजदेखि नै बन्द हुने शर्माले जानकारी दिएकी छिन् । 

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्