खुकुरी प्रहार गरी बर्दियामा एक युवकको हत्या

सोमबार, कात्तिक २७, २०८०
Neuro hospital Nepalgunj

बर्दिया ।  खुकुरी प्रहारबाट बर्दियामा  एक युवकको हत्या भएको  छ । जिल्लाको गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए । 

गए राति दुई समूहबीच झगडा भएको थियो ।झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्