भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा

सोमबार, कात्तिक २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । यसपालिको भाइटीकाको उत्तम साइत आगामी बुधबार ( कात्तिक २९ गते ) बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

दीपवलीको पहिलो दिन शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ ।

यसैगरी आज गाई पूजा भोलि गोवर्द्धन पूजारम्ह पूजा गरिँदै छ भने पर्सि बुधबार भाइटीका रहेको छ। यसपालिको दीपावाली उल्लासमय भएपनि देशभरका धेरै स्थानहरुमा पटाकाका कारण रातभर सुत्नै नसकिने अवस्था रहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्