प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा सन्तोष पुर्कुटी

बुधबार, असार २७, २०८०
Neuro hospital Nepalgunj

ताप्लेजुङ । नेपाल प्रेस युनियन ताप्लेजुङको पाचौं जिल्ला अधिबेशनबा सन्तोष पुर्कुटी अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रेस युनियन ताप्लेजुङको पाँचौ अधिबेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बू र रञ्जना गुरुङ  चयन भएका छन् ।  सचिवमा तरुण भारती,कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् भने सह-सचिवमा अनुपा गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा  राजन गौतम, देबेन्द्र बानिया, शंकर शेर्पा, पबित्रा लिम्बू, दा खाङ्डु शेर्पा, अर्जुन कटुवाल र तुलसी राई निर्वाचित बनेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्