देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

आइतबार, कात्तिक २६, २०८०
Neuro hospital Nepalgunj

देवचुली। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । 

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा एक जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

जीप अनियन्त्रित भई सडक छेउँको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्