अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

शनिबार, कात्तिक २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । अष्ट्रेलियाले भारतमा जारी  एक दिवसीय  विश्वकप क्रिकेटको ४३ औँ खेलमा बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियाले ८ विकेटले पराजित गरेको हो । 

पुनेमा भएको खेलमा ३०७ रनको चुनौती अष्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मिचेल मार्शले १३२ बलमा अविजित रहँदै १७७ रन बनाए । त्यस्तै स्टेभेन स्मिथले अविजित रहँदै ६३ तथा डेभिड वार्नरले ५३ रन बनाए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा ३०६ रन बनायो। पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्ने क्रममा टान्जिद हसन र लिटन दासले समान ३६ रन बनाए । 

त्यस्तै टविड ह्रिडोएले ७४ तथा कप्तान नजामुल हुसेन शान्टोले ४५ रन बनाए । अष्ट्रेलियाका एडम जम्पा र सिन एबोटले समान २–२ विकेट लिए । 

यो खेलमा फराकिलो जित हासिल गर्न नसक्दा अष्ट्रेलिया रन रेटमा दक्षिण अफ्रिका भन्दा पछाडि पर्दै तेस्रो स्थानमै रहेर सेमिफाइनलमा पुगेको छ ।

यता शानदार ब्याटिङ गरेको बंगलादेशले रन रेट नबिगार्दा शीर्ष आठभित्र रहेर च्याम्पियन्स ट्रफी खेल्ने पक्का जस्तै भएको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्