नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट एक युवकको मृत्यु

शनिबार, कात्तिक २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।प्रहरीका एसपी भीम दाहालले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि एसपी प्रहरीको नियन्त्रणमा रहेका छन् । झापामा दाहाल आफैँले चलाएको गाडीसँग अनियन्त्रित भई मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक किशोरको मृत्यु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

शुक्रबार राति करिब ९ बजे झापाको कन्काई गाउँपालिका–८ बिरिङ खोलाको पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल प्रहरीको एसपीले चलाएको मे१च ७८३९ नम्बरको स्कारपिओ गाडीसँग ठोक्किएपछि मोटरसाइकल चालक झापाको कमल गाउँपालिका वडा नं ६ का १८ वर्षीय अनील मर्डीको मृत्यु भएको थियो । 

दाहाल प्रदेश कार्यालय धरानमा कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार मोटरसाइकलमा तीन जना चढेको र अनियन्त्रित भई गाडीमा ठोक्किएको थियो ।  

मोटरसाइकल चालक कमल गाउँपालिका–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका भएको पनि प्रहरीले जनाएको छ । 

उनीहरूको विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरुले मापसे गरेको र सवारी चालक अनुमतिपत्रसमेत नभएको पाइएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्