सीमा सुरक्षालाई मजबुत बनाउन दुई देशका डीआईजी स्तरीय लुम्बिनीमा सुरक्षा बैठक

शुक्रबार, कात्तिक २४, २०८०

रुपन्देही। नेपाल भारत खुला सिमानालाई अझै मजबुत बनाउन दुवै देशका सीमा सुरक्षा बलका डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक लुम्बिनीमा सम्पन्न भएको छ।

बिहीबार लुम्बिनीमा सोही विषयमा गम्भीर छलफल गर्दै दुवै देशका सीमा सुरक्षा बलका डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको हो ।

नेपालतर्फ विन्ध्यबासिनी मुख्यालय र भारतको भारतीय सशस्त्र सीमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी र सेक्टर हेड क्वाटर गोरखपुरबीच डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठकले सीमानाकालाई चुस्त राख्ने सम्बन्धमा केन्द्रीत भएको बताइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा लुम्बिनीमा दुई देशीय समन्वयात्मक सुरक्षा बैठक भएको हो ।

खुला सीमामा हुने अवैधानिक हातहतियार तथा लागुऔषध ओसारपसार, हार्डवयेर सामग्री, सीमास्तम्भ मर्मत, मानव बेचबिखन रोकथाम र सुचना आदानप्रदान लगायतबारे विषयमा छलफल भएको मुख्यालयले जनाएको छ।

सीमा क्षेत्रमा लक्षित दुई देशीय सुरक्षा संवेदनशिलताका विषयमा गम्भीर छलफल गरी दुवै पक्षका सुरक्षा निकायको थप प्रभावकारीता, दशगजा क्षेत्रको सरसफाइ, दुवै देशका सुरक्षा फौजको संयुक्त अभियान, नागरिक हेल्प डेस्क स्थापना लगायत विषयमा दुवै पक्षका सुरक्षा प्रमुखहरुको सहमति जुटेको सशस्त्र प्रहरी बल विन्ध्यबासिनी बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले  बताए ।

बैठकमा भारतीय सीमा सुरक्षा दल सेक्टर हेडक्वाटर गोरखपुरका डीआईजी अखिलेश्वर सिंह, विन्ध्यबासिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक खत्री, सीमा जोडिएका लुम्बिनीभरका जिल्लाका गणपती, भारतीय सीमा सुरक्षा बल एसएसबी सेक्टर हेड क्वाटर लखिमपुर खिरीका डीआईजी जेडी र भारतीय सीमा सुरक्षा गणका कमाण्डेन्टहरुले पनि भाग लिएका थिए।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्