पटाका पड्काउने क्रम यसपाली पनि रोकिएन, प्रहरी भन्छ-'कारबाही हुन्छ'

शुक्रबार, कात्तिक २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाडपर्व दीपावली (तिहार) नजिकिएसँगै पटका पड्काउने क्रम सुरु भइसकेको छ । नेपाल प्रहरीले विगतका वर्षहरुमा झैँ यसपालि पनि पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मलाई कारबाही गर्ने भनेर सूचना जारी गरिसकेको छ । 

तर न हिजोका दिनमा यो रोकिएको थियो न आजका दिनमा नै रोकिएको छ । नाकाहरुमा कडाइ गरिएको भनेर भनिए पनि पटाका न बेच्ने क्रम रोकिएको छ न त पड्काउने क्रम नै । 

तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो । 

पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । 

यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानून बमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्