अध्यक्ष शाह भारतको अस्पतालमा भर्ना

बिहीबार, कात्तिक २३, २०८०
Neuro hospital Nepalgunj

बिहीबार, कात्तिक २३, २०८०

नरैनापुर(बाँके ) । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि भारतको लखनऊमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् ।

उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिए ।
५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रेस विज्ञ खानका अनुसार गत वर्ष अध्यक्ष शाहलाई निमोनिया र इन्फिलुन्जाको संक्रमण भए पछि लामो समय भारतको लखनऊमा उपचार पश्चात निको भएर घर फर्किएका थिए ।

उनी नियमित स्वास्थ्य परिक्षणका लागि भारतको लखनऊ पुग्ने क्रममा छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्