भूकम्प पीडितलाई डुडुवा गाउँपालिकाले पठायो राहत

मंगलबार, कात्तिक २१, २०८०
Neuro hospital Nepalgunj

डुडुवा (बाँके)।  जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ।

भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । 

अध्यक्ष चौधरीका अनुसार चामल १५० बोरा, दाल २० बोरा, खाने तेल ३० पेटी, नुन ६ बोरा, सोयविन २० बोरा, डसना ३०० थान, तकिया ३०० थान, कम्बल १५० थान पठाइएको छ । उक्त राहत सामाग्री जाजकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुलाई आज विहान पठाइएको गाउँपालिकाका जिन्सी शाखा प्रमुख ऋषिराज गौतमले बताए । उनका अनुसार गाउँपालिकाका दुई जना प्राबिधिक विरु चौधरी र भियम्स चौधरीलाई पठाएको हो। 

राहतका लागि पठाइएको सामाग्री गएराती मध्यरातसम्म तयारी गरि विहान एक वटा ट्रकमार्फत पठाइएको गाउँपालिका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार भुकम्पपीडितका लागि जाजरकोट र रुकुमपश्चिमका एक सय ५० पीडित परिवारलाई राहत उपलब्ध गराइने छ । 

गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स समेत पठाएको छ । गाउँपालिकाले शनिबार दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताउनुभयो । एम्बुलेन्सले अहिले घाइतेको उद्धार, आफन्तलाई सेवा दिइरहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्