आधुनिक पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

मंगलबार, कात्तिक २१, २०८०

सिरहा  । सिरहाको लहानबाट सशस्त्र प्रहरीले आधुनिक पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच का क्रममा  सोमबार साँझ लहान नगरपालिका-१ सिङ्गराहीमा   स९प ४९७१ मोटर साइकलमा सवार ३ जनालाई ९ एमएमको आधुनिक पेस्तोलसहित पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार पेस्तोलसहित पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गगा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेका छन् ।

सशस्त्र प्रहरीले पक्राउ परेकाको साथबाट ९ एमएमको एउटा पेस्तोल,  एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरीले पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागी नेपाल प्रहरीलाई बुझाएको बताएको छ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्