नेपाल टेलिकमका अधिकृत ५२ दिनदेखि सम्पर्कविहीन

सोमबार, कात्तिक २०, २०८०
Neuro hospital Nepalgunj

झापा। ५२  दिन अघि बेपत्ता भएका नेपाल टेलिकम सुरुङ्गाका लेखा अधिकृत दिलीप सुवेदी अझै फेला परेका छैनन्  । उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गर्दै आएका छन् । 

कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत भदौ ३० गते  शनिबार बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छन् । 

दिलीपको खोजीकार्य इलाका प्रहरी कार्यालय बिर्तामोडले गरिरहेको भए पनि उनी श्रीमती ब्रजुनाले खोजी गरिदिन सबैमा आग्रह गरेकी हुन्। 

ब्रजुनाका अनुसार  भदौ ३० गते शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो । सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन् । 

मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्