भूकम्पका घाइतेहरुको मानवीय सेवामा नेविसंघका केन्द्रीय सदस्य हिम

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज  । जाजरकोट भूकम्पमा परी घाइते भई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररतहरुका लागी नेविसंघका केन्द्रीय सदस्य हिम बहादुर शाहीले खाद्य सामाग्री सहयोग गरेका छन् ।

आज साँझ केन्द्रीय सदस्य शाहीले भेरी अस्पतालमा उपचाररत घाइतेहरुका लागी अत्यावश्यक पर्ने खाना चाउचाउ र मिनरल वाटर नरेश श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

नेता शाहीले खाद्य सामाग्री हस्तान्तरण गर्दै आफुले जति सकेको गरेको बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्