कालाबन्जार बिओपीद्वारा बरामद गरिएको पटाका नष्ट

आइतबार, कात्तिक १९, २०८०

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेबाट भारतबाट अवैध रुपमा  ल्याइएको ठुलो परिमाणको प्रतिवन्धित पटाका बरामद गरेको छ।

सशस्त्र प्रहरीको नेपालगन्जस्थित बिओपी कालाबन्जारबाट  सशस्त्र प्रहरी नायब निरीक्षक जीवन पौडेल कमाण्डमा खटिएको टोलीले डुडुवा-६ भंगोटना नाकाबाट आज दिउँसो ३:२० बजे करिब ४० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका पटाकामा अति विस्फोटक सुतरी बम, चकरी , अनार , चकलेट बम लगायतका अन्य विस्फोट पटाका रहेका छन् । 

सशस्त्र प्रहरीले बरामद गरेका सबै प्रतिवन्धित पटाकाहरुलाई आजै इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी कर्मचारी , सशस्त्र प्रहरी बल बिओपी कालाबन्जारका सशस्त्र प्रहरी कर्मचारी लगायत पत्रकारको उपस्थितिमा बिओपी कालाबन्जार परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्