सुपर ओभरमा नेपाललाई पराजित गर्दै ओमानले जित्यो उपाधि

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौँमा जारी टी–२०  विश्वकप एसिया छनोटको उपाधिका लागी नेपाल र  ओमानको खेल बराबरी भएपछि सुपर ओभरमा ओमान विजयी भएको छ।

टी-२० विश्वकप छनोटको फाइनलमा नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

सुपर ओभरबाट खेलाइएको खेलमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्