नेपालले ओमानलाई दियो १८५ रनको टार्गेट

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौँमा जारी टी–२०  विश्वकप एसिया छनोटको उपाधिका लागी नेपालले ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल र बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान फाइनलमा पुगेका हुन् ।

दुबै राष्ट्र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा  आयोजना हुने टी-२० विश्वकपका लागि छनौट भइसकेका छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्