टी-२० विश्वकप एसिया छनौट फाइनल: नेपालले टस जितेर ओमानविरुद्द ब्याटिङ गर्दै

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौँमा जारी टी–२०  विश्वकप एसिया छनोटको उपाधिका लागी नेपाल र ओमानसँग खेल्दैछन् । सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरेको नेपाल र बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान फाइनलमा पुगेका हुन् ।

त्रिवी मैदानमा भइरहेको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। समूह "ए"को  विजेता र उपविजेता नै भिडिरहेका छन् । समूह  चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै उपविजेत बनेको थियो। 

टी-२० मा नेपालले ओमानलाई ३ पटक हराएको छ भने ओमानले २ पटक नेपाललाई पराजित गरेको छ। 

दुबै राष्ट्र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा  आयोजना हुने टी-२० विश्वकपका लागि छनौट भइसकेका छन् ।

नेपाली टोलीमा  रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा रहेका छन् । नेपालका दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई खेलाईएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्