टी-२० विश्वकप एसिया छनौटको फाइनल आज, नेपाल र ओमान भिड्दै

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौँमा जारी टी–२०  विश्वकप एसिया छनोटको उपाधिका लागी नेपालले आज ओमानसँग खेल्दैछ। सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल र बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान फाइनलमा पुगेका हुन् ।

आज ११ बजे त्रिवी मैदानमा हुने फाइनल खेलमा समूह "ए" का विजेता र उपविजेता नै भिडिरहेका छन् । समूह  चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै उपविजेत बनेको थियो। 

टी-२० मा नेपालले ओमानलाई ३ पटक हराएको छ भने ओमानले २ पटक नेपाललाई पराजित गरेको छ। 

दुबै राष्ट्र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा  आयोजना हुने टी-२० विश्वकपका लागि छनौट भइसकेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्