जाजरकोट भूकम्प: १९ जना घाइतेको भेरीमा उपचार हुँदै

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज। गएराती जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका १९ जनाको नेपालगन्जमा उपचार गइरहेको छ । जाजरकोट र रुकुमका १९ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको हो । जाजरकोटका १२ जना र रुकुम पश्चिममा ७ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

भेरीमा उपचार चलिरहेकामा विमल कार्की भेरी नगरपालिका ३ जाजरकोट, इशा शाह खलंगा जाजरकोट, यमुना रावल सानो भेरी नगरपालिका १ रुकुम, टेकबहादुर शाही भेरी नगरपालिका ८ जाजरकोट, धनसिंह रावल सानोभेरी १ जाजरकोट, सुप्रभा विक भेरी १ जाजरकोट, मोहन विष्ट जाजरकोट, भुपेन्द्र परियार जाजरकोट भेरी नगरपालिका १, टिकाराम राना भेरी १ जाजरकोट, अनामिका शाही भेरी १ जाजरकोट, पुष्कर परियार भेरी १ जाजरकोट, प्रेमचन्द्र वली सोनो भेरी ४ रुकुम, गोविन्द बुढा क्षेत्री सानो भेरी ४ रुकुम, नविता खड्का सानो भेरी ४ रुकुम, लविस चन्द सानोभेरी ४ रुकुम, ज्ञानु विक सानोभेरी ४ रुकुम, सुशान्त पुन मगर सानोभेरी २ रुकुम, कुञ्जन पुन भेरी १ जाजरकोट र गीता शाह भेरी ३ जाजरकोट हुनुहुन्छ  ।

उनीहरुलाई हेलिकप्टर र एम्बुलेन्सबाट नेपालगन्ज ल्याइएको हो । घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको हो । 

जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरुलाई पनि नेपालगन्ज ल्याइँदैछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्