भूकम्प पीडितका लागि मानवता

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । गए राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पबाट गम्भीर घाइते भएकाहरुका लागि रगत अभाव नहोस् भन्दै बाँकेस्थित राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रक्तदान गरेका छन् ।

भूकम्पमा परी गम्भीर घाइतेहरुको उपचारमा सहज होस् भन्दै देवकोटाले रक्तदान गरेका हुन् । उनले सबैलाई रक्तदान गर्न आग्रह समेत गरेका छन् ।

उक्त भूकम्पमा परी हालसम्म १३० बढीको मृत्यु भएको छ भने सयौं बढी गम्भीर घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा ज्यान गुमाउने र गम्भीर घाइते हुनेको संख्या बढिरहेको छ।

अहिले नेपालगन्जको भेरी अस्पतालमा दुई जना गम्भीर घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्