भूकम्प पीडितलाई कांग्रेसले ५० लाख रुपैयाँ दिने

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ दिने भएको छ।

कांग्रेसले भूकम्पमा परी भएको मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको भन्दै यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपील गरेको छ । 

कांग्रेसले यसै क्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न कांग्रेसले अपीलसमेत गरेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्