सीता दाहालको पार्थिव शरीरलाई आर्यघाट लगियो

बुधबार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा लगिएको छ।

सीताको पार्थिव शरीरलाई केहिबेरमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिदै छ। 

सीताको अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिनेछ ।

सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पताल निधन भएको हो।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्