भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपमेयरको मृत्यु

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

जाजरकोट । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति  आएको ६.४ म्याग्निच्युडको भूकम्पमा  जाजरकोट नलगाढ नगरपालिकाकी उपमेयरको  मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन्  ।

उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । उनी सहित जाजरकोट र पश्चिम रुकुममा हालसम्म ६५ बढीको मृत्यु भएको छ। 

त्यहाका धेरै घरहरु ढलेका छन् भने घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्