जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टरको भूकम्प, कयौं मानिसको मृत्यु

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

जाजरकोट । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा ठुलो क्षति पुगेको छ । जाजरकोट र रुकुममा धेरैले ज्यान गुमाएक छन् ।  

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्