बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

शुक्रबार, कात्तिक १७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । 

मधुवन नगरपालिका वडा नम्बर ५ शक्तिपुरकी २८ बर्षीया सिर्जना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । आज दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताए ।

मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्