प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट खेलाडीलाई बधाई

शुक्रबार, कात्तिक १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल टी-२० विश्वकप २०२४ का लागि छनौट भएको छ। विश्वकपमा छनौट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएकोमा टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् ।

काठमाडौँको मूलपानीस्थित क्रिकेट मैदानमा भएको छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिँदै फेसबुकमा लेखेका छन्, ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो। यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्