यूएईलाई हराउन नेपालले पायो १३५ रनको टार्गेट

शुक्रबार, कात्तिक १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटका लागि नेपालले युएईविरुद्ध भएको सेमिफाइनल खेलमा युएईले नेपाललाई  जितका लागि १३५ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्