सांसद गौतमले नबोलेरै बिताए संसदमा शुन्य समय

बिहीबार, कात्तिक १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधि सभाको बैठकको शून्य समयमा मौनधारण गरेका छन् ।

सांसद गौतमले बोल्ने पालो आउँदा उनले आफ्नो समयको एक मिनेट मौन धारण गरेका हुन् । 

शून्य समय एक सांसदका लागि एक मिनेट हो र सांसद गौतमले त्यही एक मिनेट मौनधारण गरेर टुंग्याए । उनले आफूले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको विषयसहित उठाएका अन्य विषय सरकारले नसुनेको भन्दै सांकेतिक रुपमा मौनधारण गरेर सरकारको विरोध गरेका हुन् ।

सांसद गौतम तिनै सांसद हुन् जसले गत जेठ महिनामा आफ्नो निर्वाचन क्षेत्रमा पटकपटक आवाज उठाउँदा पनि पुल निर्माण नभएको भन्दै पुलमुनि गएर अनसन नै बसेका थिए । 

सरकारले सहमति गरेर अनसन तोडाएको थियो। तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सहमतिको कार्यान्वयन नगरेको उनको आरोप छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्