राप्रपा बाँकेका नेता सफिक बेहना एमालेमा प्रवेश

बिहीबार, कात्तिक १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का युवा नेता मो. सफिक बेहना नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा बाँके निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति समेत रहेका युवा नेता बेहनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

बेहनासँगै राप्रपाका अर्का नेता रवि बर्मा पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरु दुबैलाई अध्यक्ष ओलीले  बालकोटमा खादा लगाउँदै पार्टी प्रवेश गराएका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा उनीहरुसँग क्षेत्र नम्बर १ बाँकेका सांसद सुर्य ढकाल पनि उपस्थित थिए।

नेपालगन्जका अति प्रभावशाली व्यक्ति समेत रहेका बेहना नेपालगन्ज-४ का निवर्तमान वडाध्यक्ष समेत हुन् । उनी एमालेमा प्रवेश गरेसँगै राप्रपा बाँकेमा निकै खैलावैला मच्चिएको छ। 

एमाले प्रवेश गरेपछि बेहनाले कसैको दबाबमा नभएर आफै सो इच्छाले एमालेमा गएको बताए। पहिला  राप्रपामा पार्टीका लागि गरेको कार्य भन्दा पनि अब एमालेका लागि लागिपर्ने उनले बताए। नेता बेहनलाई गरिव र दुखीका सहारा भनेर पनि नेपालगन्जमा चिनिन्छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्