ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

बिहीबार, कात्तिक १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको समूह विजेताका लागि भएको खेलमा ओमानले नेपाललाई १४६  रनको लक्ष्य दिएको छ।

यसअघि सिंगापुर र मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले आज ओमानविरुद्द समूह विजेताका लागि खेलिरहेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले  २०  ओभरमा   ९   विकेट गुमाउँदै १४५     रन बनाउदै नेपाललाई     रनको लक्ष्य दिएको छ। 

त्रिवी मैदानमा भइरहेको खेलमा ओमानका लागि जिसान मोसुदले  सर्वाधिक ३२ रन बनाए। त्यस्तै नेपालका सन्दीप लामिछानेले २ , करण केसीले ३, सोमपाल कामीले २ विकेट  र गुल्सन झा र अबिनाश बोहराले १-१   विकेट लिए।

मुलपानी मैदानमा जारी खेलमा यूएईले हङकङलाई  १७७  रनको लक्ष्य दिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्