नेपालले टस जितेर ओमानविरुद्द बलिङ गर्दै

बिहीबार, कात्तिक १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौँमा जारी टी–२०  विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज समूह विजेताका लागि ओमानसँग खेल्दैछ । अहिले ओमान नेपालविरुद्द ब्याटिङ गर्दैछ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर नेपालले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएको हो । लगातार दुई खेल जित्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले दुई खेल नै जितेर सेमिफाइनलमा पुगिसकेको ओमानसँग खेल्न लागेको हो । 

यो खेल जित्ने टिम समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टिम उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । नेपालले यसअघि मलेसियालाई ६ विकेटले र सिंगापुरलाई ८ विकेटले हराएको थियो । 

आजका अन्य खेलमा त्रिविवि मैदानमै १ः३० बजे मलेसिया र सिंगापुर भिड्ने छन् । जितहारले फरक नपरे पनि सान्त्वना जितको प्रयास दुवै टिमको हुनेछ । 

अर्को समूहबाट यूएई समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने बहराइन र हङकङमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । कुवेत भने बाहिरिइसकेको छ । 

आज मूलपानी मैदानमा यूएई र हङकङ तथा बहराइन र कुवेत भिड्दै छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्