मलेसियालाई पराजित गर्दै नेपाल टी-२० विश्वकप छनौटको सेमिफाइनलमा

मंगलबार, कात्तिक १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। आज दिउँसो भएको खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्यविरुद्द जवाफी ब्याटिङमा उत्रेको नेपालले ६ विकेटले खेल जित्दै सेमिफाइनलमा पुगेको हो।

नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाउने क्रममा कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङमा मलेसियालाई सहजै पराजित गरेको हो।

नेपालका मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

त्यसअघि अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका सइद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ । ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।

भोलि नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ । काठमाडौंमा जारी  छनौट खेलमा ८ वटा देश सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्