इजरायली आक्रमणमा हालसम्म ८ हजार प्यालेस्टाइनीको मृत्यु

मंगलबार, कात्तिक १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । हालसम्म इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ८ हजार  नाघेको छ।  प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ हजार ३०६ जना मारिएको  जनाएको छ ।

मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली हवाई आक्रमणमा परी २१ हजार ४८ प्यालेस्टिनी घाइते भएका छन् बताइएको छ । 

गाजा पट्टीमा इजरेलको बमबारीका कारण २५ वटा अस्पतालसेवा स्थगन गर्न बाध्य भएको र २५ वटा एम्बुलेन्सलाई निशाना बनाइएको मन्त्रालयले जनाएको छ ।

अल–कद्राले घाइते प्यालेस्टिनीलाई बचाउन पर्याप्त रगत नभएको बताउँदै गाजावासीलाई अस्पतालमा गएर रक्तदान गर्न आग्रह गर्नुभएको छ । 

गत अक्टोबर ७ मा हमासले इजरायली सेनाले सुरक्षा दिँदै आएको क्षेत्र र शहरहरूमा गरेको आक्रमणपछि इजरायली आक्रमण सुरु भएको थियो । 

अहिलेसम्म इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भइसकेको छ । इजरायली रक्षा बलका अनुसार हमासको आक्रमणका क्रममा कूल २३९ जनालाई बन्धक बनाइएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०५:३१
प्रतिक्रिया दिनुहोस्