सिंगापुरविरुद्द नेपाल ८ विकेटले विजयी

सोमबार, कात्तिक १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ एसिया छनोट खेलको पहिलो खेलमा नेपाल विजयी भएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरले दिएको १४६ रनको लक्ष्यलाई नेपालले ८ विकेटको जित हासिल गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो । 

सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए ।

त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाए । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे । 

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई–दुई विकेट लिए ।

जवाफमा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २४ बला ३५ तथा आसिफ शेखले २६ बलमा २७ रन बनाए । कुशल मल्लले १ बलमा छक्का प्रहार गरे । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्