सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

सोमबार, कात्तिक १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ एसिया छनोट खेलमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेसँगै नेपाललाई १४६ रनको चुनौती दिएको हो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जारी खेलमा सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनायो । 

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिंगापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद सुरुआत गर्न चाहन्छ ।

यसअघि नेपाल र सिंगापुरबीच चार टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिंगापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्