नेपालविरुद्द ब्याटिङ गर्दै सिंगापुर

सोमबार, कात्तिक १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ एसिया छनोट खेलमा नेपाल र सिंगापुर खेल्दैछन् ।

काठमाडौं कृतिपुर मैदानमा भइरहेको समूह "ए" खेल अन्तर्गत सिंगापुरले टस जितेर नेपालविरुद्द पहिलो ब्याटिङ गर्दैछ । आजदेखि हुने एसिया क्षेत्र छनोटमा ८ वटा देश सहभागी छन् । ८ टिम सहभागी देशहरुमा नेपाल समूह "ए" मा रहेको छ। यो समूहमा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । त्यस्तै समूह "बी" मा  युएई, बहराइन, हङकङ र कुवेत  छन् ।

छनौटका समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।

समूह ‘बी’ बाट युएई र बहराइन पनि बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्नेछन् ।

नेपालले सिंगापुरविरुद्दको खेलमा ललित राजवंशीको स्थानमा सन्दीप लामिछानेलाई उतारेको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्