आजदेखि टी-२० विश्वकप एसिया क्रिकेट छनौट, नेपाल-सिंगापुर र यूएई-बहराइन भिड्दै

सोमबार, कात्तिक १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ का लागि एसिया छनोट खेल सुरू हुँदैछ।

काठमाडौंमा आजदेखि हुने एसिया क्षेत्र छनोटमा ८ वटा देश सहभागी छन्। ८ टिम सहभागी देशहरुमा नेपाल समूह 'ए' मा रहेको छ। यो समूहमा नेपालसहित  सिंगापुर, ओमान र मलेसिया छन् । त्यस्तै  समूह 'बी' मा  युएई, बहराइन, हङकङ र कुवेत  छन्।

छनौटका समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।

आज समूह ‘ए’ बाट नेपाल र सिंगापुरको पहिलो खेल हुँदैछ। उक्त कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।

समूह ‘बी’ बाट युएई र बहराइन पनि बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्नेछन्। 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्