सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगियो

बुधबार, असार २७, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु पत्नी सीता दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ। 

सीताको पार्थिव शरीरलाई आज दिउँसो १ बजेसम्म पार्टी  पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। सीताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

श्रद्धाञ्जलीका लागि विभिन्न पार्टीका नेता- कार्यकर्ताहरु पेरिस्डाँडा पुगेका छन् ।

सीताको उपचारका क्रममा आज बिहान बिहान ८ बजेर ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो ।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्