प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा

बिहीबार, कात्तिक ९, २०८०
Neuro hospital Nepalgunj

रुकुम पश्चिम।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पश्चिम पुगेका छन् ।आज त्यहाको बाफीकोट गाउँपालिका– ६ मग्मामा पुगेका प्रधानमन्त्रीलाई फूलमाला लगाएर स्वागत गरिएको थियो । 

प्रचण्डको प्रमुख आतिथ्यमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नं ६ र ७ को विस्तारित बैठक तथा शहीद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासग भेटघाट भएको हो ।

प्रधानमन्त्रीसँगै माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्। प्रधानमन्त्री आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्